Birat Post बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ साउन / 
विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा सदाका बर्षहरु झै हुन सकेन । परम्परा धान्नका लागि भने गाडीमा राधाकृष्णको युगल जोडिलाई खटमा राखी नगर परिक्रमा गराइएको छ । सार्वजनिकरुपमा भिडभाड नगर्ने उदेश्य अनुरुप कार्यक्रमलाई गोप्य राख्दै खटयात्रा भने गरिएको छ ।

एसियाकै ठूलो रथयात्रा मध्ये मानिएको राधाकृष्ण रथयात्रा कोभिड–१९ संक्रमण जोखिमको कारण स्थगन भएको हो । यद्यपी खटयात्रा भने पुरानै रुटअनुसार परिक्रमा गराइएको छ ।

राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले सार्वजानिक रुपमा रथयात्रा गर्न यस पटक असमर्थ रहेको कुरा सवैले बुझेको र परम्परा धान्न खटयात्रा गरिएको बताए ।

विगतका बर्षहरुमा श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरता पाएको रथयात्रा कोभिडका कारण प्रभावित बन्न पुगेको छ ।

खटयात्रा कार्यक्रममा पुगेका विराटनगर महानगरका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि गरिएको कार्यक्रमको सफलताको कामना गरेका छन् । विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक कमिटीलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

खटयात्राका केही दृष्य/ कौशल निरौला

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल