Birat Post बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ साउन ।
विराटनगर महानगरले लकडाउनलाई निरन्तरता दिने घोषणा गरेको छ । बिहिवार पत्रकार सम्मेलन गर्दै महागरले थप ७ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।  गत साउन १६ गते देखी साउन ३० गते सम्म लकडाउन घोषणा गरेको महानगरले भदौ ५ गते सम्म पुनः लकडाउनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायमा संक्रमण फैलदो क्रममा रहेको र यसको नियन्त्रणका लागि लकडाउन गर्नुपरेको जानकारी दिए । लकडाउनका कारण भिडभाड नियन्त्रण हुने र यसवाट कोरोना संक्रमणको दरमा कमी आउने बिश्वास ब्यक्त गरे । लकडाउनका कारण नगरवासीमा पर्न जाने असुबिधाप्रति क्षमाप्राथी रहेको भन्दै मेयर पराजुलीले लकडाउनको पालना गरिदिन आग्रह गरे ।

मेयर पराजुलीले विराटनगर स्थित वडा नंं १९ मा रहेको बैझनाथपुर स्वास्थ्यचौकीलाई कोरोना संक्रमित राखेर प्राथमिकरुपमा आइसुलेसन सेवा प्रबाह गरिएको जानकारी दिए । पिसिआर मेसिन ल्याउने विषयमा समेत महानगरले तयारी गरिरहेको जानकारी दिए । महानगरमा बिहीबार सम्म ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल