Birat Post बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ भदौ ।
विराटनगर महानगरले बैझनाथपुर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा रहेका १८ जना ब्याक्तिहरु कोरोना जितेर घर फर्किएका छन् । पुनः पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ देखिए संगै उनीहरु घर फर्केका हुन् । जसमा कोरोना भाइरसबाट संक्रमित ६ जना पत्रकार समेत रहेका छन् ।बिहिवार उनिहरुलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले फुलमाला लगाएर बिदाई गरेका थिए । महानगर आफैले बनाएको आइसोलेसन बाट नगरवासीलाई सेवा दिन पाउदा खुसी भएको धारणा मेयर पराजुलीले राखेका थिए ।

यस्तै विराटनगर १९ बैझनाथपुर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसन बाट १८ जना र होम आइसोलेसनमा बसेका २८ जनाले आज कोरोना जितेको विराटनगर महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरमा कोरोना संक्रमण भइ निको हुनेको संख्या दिनहुं  बढ्दो छ । महानगरले विराटनगरका दुइ स्थानमा सुविधा सम्पन्न आइसोलेसन बनाए संगै सेवाग्राही बिरामीले राहत पाएका छन् ।

केही दृष्यहरु :कौशल निरौला 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६