रोशिका अधिकारी शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ भदौ ।
विराट मेडिकल कलेज टिचिङ अस्पताल र न्यूरो अस्पताल विराटनगरले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको दुवै अस्पतालले जनाएका छन् । यसै विषयमा विराटनगर महानगरका मेयर भीम पराजुलीले अस्पतालले दिने सेवा प्रवाहमा विराटनगर महानगरको समेत पूर्ण सहयोग रहने बताएका छन् ।

दुवै अस्पतालले दिने सेवा प्रबाहका विषयमा स्थलगत अवलोकन समेत गरेका पराजुलीले कोरोना संक्रमण निरुपणमा कटिबद्ध भएर मुकाबिला गर्ने बेला आएको बताए । महानगरको दुवै अस्पताललाई सहयोग रहने आश्वासन समेत पराजुलीले दिएका छन् ।

विराट मेडिकल कलेज टिचिङ अस्पतालका व्यवस्थापक डेनिस कार्कीले एक हप्ता भित्र पिसिआर परिक्षण सुरुवात गर्ने जानकारी दिए । कोरोना संक्रमितको उपचारका लागि ६० बेडको आइसोलेशन शुचारु गरिएको बताए । अस्पतालले दैनिक ३ हजार बेडचार्ज राखेको छ भने डिलक्सरुमको ५ हजार सम्म लिने बताएको छ । हाल १३ जना कोरोना संक्रमित उपचार गरिरहेको कार्कीले जानकारी दिए ।

यस्तै न्यूरो अस्पतालले विराटनगर स्थित महेन्द्र चोक छेउमा ४० बेडको आइसोलेशन तयार गरेको छ । अस्पतालले ४ हजार देखि ५ हजार सम्मको बेडचार्ज राखेको छ । आउने सोमवार बाट सेवा प्रवाह गर्ने तयारीमा रहेको अस्पतालका ब्यवस्थापक राजेश भट्टराइले जानकारी दिए ।यी दुवै अस्पतालले लेवल टु सम्मको उपचार गर्ने जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल