Birat Post सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ भदौं /
निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष सक्रियतामा निजी क्षेत्रका व्यक्तिहरु पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । महानगरले पिसिआर मेसिन संगै आरएनए एक्सट्राक मेसिन र महानगरकै आफ्नै स्रोतवाट ३ सय २० लिटर क्षमताको फ्रिज ,बायो सेफ्टििक क्याविनेट सेट १ थान,माइक्रो सेन्ट्रिफ्युज एक थान उपलब्ध गराएको छ ।

यस संगै पीसीआर मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । रोहवरमा महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोख्रेल र कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दास रहेका छन् ।

कार्यक्रममा सहभागी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले बिषम परिस्थितीमा तीन तहका सरकारको समन्वय आबश्यक रहने बताए । महानगरले गरेको अगुवाइको प्रशंसा समेत गरे । घिमिरेले पनि पीसीआर मेसिन खरिदमा १ लाख सहयोग गरेका छन् । कार्यक्रममा उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे,नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउत ,नेपाली कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने,मोरङ व्यपार संघका प्रथम उपाध्यक्ष नविन रिजाल,उद्योगी शुसिल धनावत ,विराटनगर महानगर सामुदायीक विकास महासाखा प्रमुख पुनम दाहाल लगायतको उपस्थिती रहेको थियो ।

यस्तै सोही अवसरमा पीसीआर मेसिन खरिदका लागी केएल दुगडका तर्फवाट ५ लाख , आरती स्ट्रिपले ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । निजी  क्षेत्रको स्वस्र्फुत सहयोगको मेयर भीम पराजुलीले प्रशंसा गरेका छन् । मेसिन ल्याउनका लागि अहोरात्र लाग्ने सवैलाई धन्यवाद समेत दिएका छन् । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै १ हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल