Birat Post मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ भदौ ।
सामाजिक संस्था रोटरी क्लबले विराटनगर महानगरपालिकालाई पीसीआर मेसिन उपलब्ध गराउने भएको छ । पिसिआर मेशिन, आरएनए एक्सट्राक मेसिन , अक्सिजन सिलिन्डर बैङक स्थापनाका लागि रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ डाउन टाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले सम्युक्तरुपमा पहल गरेका थिए । रोटरी फाउण्डेसनको कोभिड ग्लोबल ग्य्राण्ट मार्फत अनुदानमा ती सामाग्री उपलब्ध गराउन लागिएको बताईएको छ । यसै विषयमा रोटरी क्लव र विराटनगर महानगरबीच विभिन्न चरणमा छलफल भए संगै यसको वितरण कार्यको निष्कर्ष निस्किएको थियो ।

आइतवार यसै विषयमा रोटरीक्लव ,प्रदेश १ सरकार,विराटनगर महानगरपालिका र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बीच संझौता समेत भएको छ । सम्झौता पत्रमा रोटरी क्लब अफ विराटनगरका अध्यक्ष बिजुकुमार थपलिया, डाउन टाउनका अध्यक्ष दिप्तिदेवी अग्रवाल र विराटनगर फ्युजनका अध्यक्ष सृजा विहानी कावरा साथै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विराटनगरका मानिसहरुको परिक्षणमा विशेष सघाउ पुर्याउने उदेश्यका साथ प्रदान गरिने पीसीआर मेसिनको ब्यवस्थापन र सञ्चालन वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गर्नेछ । यस्तै संझौता अनुसार विराटनगर महानगरपालिकाले सिफारिश गरेका २५० वटा परिक्षण समेत गरिनुपर्ने छ । क्लवले ३ हजार टेष्ट गर्न चाहिने रिऐजन्ट समेत उपलब्ध गराउने बताएको छ ।

यसैगरी होम आइसोलेसन वा सरकारी आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि विराटनगर महानगरपालिकामा अक्सिजन बैङ्क स्थापना हुने भएको छ । जसमा क्लबले ३० वटा अक्सिजन सिलिण्डर महानगरपालिकालाई उपलब्ध गराउने सम्झौता भएको छ । प्रदेश १ सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल विराटनगरका लागि समेत एक – एक थान भ्यान्टलेर र इन्सिनेरेटर समेत उपलब्ध गराउने सम्झौता भएको रोटरी क्लब अफ विराटनगरका सर्भिस डाइरेक्टर मनोजबिक्रम शाहले कार्यक्रममा जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल