प्रशान्त दुलाल शनिबार, भाद्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार, जम्मा श्रवणदृष्टिबिहीनता भएका व्यक्तिको संख्या ९,७१४ छन् । श्रवणदृष्टिबिहीन अपाङ्गतालाई नेपाल सरकारले एक फरक प्रकारको अपाङ्गताको रूपमा परिभाषित गरिएको छ । जनमानसमा सामान्य भाषामा श्रवणदृस्टिबिहिन अपाङ्गता भन्नाले कान पनि नसुन्ने र आँखा पनि नदेख्ने भन्ने बुझाई छ तर नेपाल सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऎन २०७४ अनुसार, श्रवणदृष्टिबिहीन अपाङ्गता भन्नाले सुनाई सम्बन्धि र दृस्टी सम्बन्धि दुबै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धि अपाङ्गताको सन्युक्त अन्तिर्कृया रहेको ब्यक्ति बुझिन्छ” । साथै सबै श्रवणदृष्टिबिहीन अपाङ्गता भएको ब्यक्ती पुर्ण बहिरा र पुर्ण दृष्टिबिहिन हुँदैन।

श्रवणदृष्टिविहिनता अपाङ्गता जन्मजात वा पछि गएर पनि हुनसक्दछ। । त्यसैगरि श्रवणदृष्टिविहिनता अपाङ्गतालाई चार भागमा बिभाजन गर्न सकिन्छ जस्तै संम्पूर्ण दृष्टि विहीनता र पूर्ण बहिरा वा पूर्ण दृष्टिविहीनता र आंशिक सुनाइ ह्रास ,सुस्त श्रवण वा पूर्ण बहिरा र अल्पदृष्टियुक्त वा आंशिक सुनाइ ह्रास सुस्त श्रवण र अल्पदृष्टियुक्त हुनसक्दछ। श्रवणदृष्टिविहिनता अपाङ्गता हुनुका कारण संक्रमण, वशांनुगत कारण, समय पूर्व जन्म ३७ हप्ता भन्दा कम , जन्मँदा कम तौल २.५ किलो भन्दा कम , जन्मँदा अक्सिजनको कमि, दुर्घटना, बुढेसकाल आदीले गर्दा हुन्छन् ।

नाइ तथा दृष्टि क्षमता तथा श्रवणदृष्टिविहीन भएको उमेरका आधारमा श्रवणदृष्टिविहीन भएका व्यक्तिहरुको व्यवहार समेत फरक फरक हुन्छन् । श्रवणदृष्टिविहीनता भएको व्यक्तीको दुई इन्द्रियमा आउने कार्यगत सिमितताका कारण ९५ प्रतिशत अन्य इन्द्रियबाट सिमितता पुरा गर्ने अवस्थामा समेत बाधा पुग्न जान्छ जसले गमनशिलता, संचार तथा शिक्षा प्राप्त गर्न समेत कठिनाइ उत्पन्न हुन्छ । श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरुलाई स्पष्ट तथा ठूलोआवाजमा, साङ्केतिक भाषा, स्पर्श साङ्केतिक भाषा, ह्यापटिक सिग्नल, ह्यापटिक सिग्नल फिन्गर ब्रेल अक्षरहरु हातमा लेखि गरीने संचार तथा टाडोमा जस्ता विधिहरु प्रयोग गरि संचार गर्न सकिन्छ ।

कोशी बहिरा संघले मिति २०७५ चैत्र १८ गते देखि ३ बर्ष सम्मका लागि मोरङ्ग जिल्लामा श्रवणदृस्टिबिहिन ब्यक्तिका लागि ” Healthy life for the people with Deafblindness in Nepal ” नामक परियोजना चलाइरहेको छ। राष्ट्रिय बहिरा महासंघ नेपालको सहकार्यमा कोशी बाहिरा संघमा यो परियोजना मिति २०७५ चैत्र १८गते देखि ३बर्ष सम्मका लागि चलिरहेको छ। हाल यो परियोजना राष्ट्रिय बहिरा महासंघ नेपालकै सहकार्यमा अन्य ३ जिल्ला ९काठमाडौं,रुपन्देही र कास्कीमा पनि संचालित छ।नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार, मोरङ्ग जिल्लामा जम्मा श्रवणदृस्टिबिहिन भएको ब्यक्तिहरुको संख्या २५४ छन ।

कोशी बहिरा संघले यश परियोजना अन्तर्गत हाल सम्म ११ जना श्रवणदृस्टिबिहिन ब्यक्तिहरु पहिचान गरि उनिहरु सँग काम गरि रहेकोे छ।श्रवणदृस्टिबिहिन परियोजनाले मोरङ्ग जिल्लमा छरिएर रहेका सम्पुर्ण श्रवणदृस्टिबिहिन बालबालिकाहरुको शिक्षा, स्वास्थ र बालबालिकाको दैनिक जिबनमा सहजता ल्याउने काम गर्दै आएको छ। साथै कोशी बाहिरा संघले यो परियोजना अन्तर्गत श्रवणदृस्टिबिहिन ब्यक्तिका लागि हप्तामा १ दिन सञ्चालन हुने गरि स्व्रोत केन्द्र पनि स्थापना गरेको छ र यस स्रोत केन्द्रमा श्रवणदृस्टिबिहिन बालबालिकालाई फिजियोथेरापि साथै ब्यक्तिगत शिक्षण प्रणाली (IEP) द्वारा श्रवणदृस्टिबिहिन बच्चालाई सिकाइ्न्छ।

कोशी बाहिरा संघले यो परियोजना अन्तर्गत श्रवणदृस्टिबिहिन भएका बालबालिकाहरुका हकहित र अधिकारका लागि सरकारी तहमा वकालत गर्दै विभिन्न माध्यमबाट जस्तै सञ्चारकर्मी, स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मी आदि बाट श्रवणदृस्टिबिहिन एक फरक प्रकारको अपाङ्गता हो भन्ने सम्पुर्ण जनमानसमा जनचेतना दिदै आएको छ। कोरोनाको महामारीमा श्रवणदृष्टिविहिनता अपांगता अवस्था सन् २०१९ को लगभग पछिल्लो महिनातिर चिनको बुहान शहरबाट शुरु भएको नोबल कोरोना भाइरसको प्रकोप अहिले सम्ममा विश्वको सबैजसो देशहरुमा फैलिएर महामारीको रुप लिइसकेको अवस्था सर्वविदित नै छ ।

नेपालले पनि यो परिस्थती सामना गरीरहेको छ । २०७७ माघको २३ गते कोभिड—१९ को पहिलो बिरामी प्रमाणित भएसँँगै नेपाल सरकारले रोकथामको लागी विभिन्न कदमहरु चालिहरेको छ । कोभिड—१९ का संक्रमितको संख्या र सो बाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन तिब्र रूपमा बृद्वि हुदा २०७७ चैतको ११ गते देखि नेपाल सरकारले देशव्यापी रुपमा बन्दाबन्दीको घोषणा गरेको भएता पनि हाल नेपाल सरकारले बन्दाबन्दी खोलेर नेपाल सरकारले स्थानीय सरकारलाई आवश्यकता अनुसार बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

हाल कोभिड—१९ को कारणले संक्रमित हुने र मृत्यु हुने दर धेरै मात्रामा बढि रहेको छ। कोभिड—१९ रोकथामका लागी विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका संरक्षाका उपायहरु अवलम्वन गर्न सबैमा अन’रोध गरिएको छ । यस परिस्थितीले सबै जनतालाई प्रभावित पारेको छ भने श्रवणदृष्टि विहिन अपांगता भएका व्यक्तिहरु प्रभावित नहुने सवाल नै हुदैंन । यस दौरानमा नेपाल सरकारले कोभिड—१९ को रोकथाम र संरक्षाका लागी जे जसरी सुचनाहरु प्रवाह गरेपनि श्रवणदृष्टि विहिनता अपांगता भएका व्यक्तिहरु सम्म पुग्न सकेको छैन । यस्तो हुनुको मुख्य कारण सूचना प्रसारणका माध्यमहरु श्रवणदृष्टि विहिनता अपांगता मैत्री नहुनु हो ।

जब कुनै पनि महामारी वा प्रकोप आउँछ, अपांगता भएका व्यक्तिहरु बढि जोखिममा पर्ने भएकाले उनिहरुलाई पनि उपयुक्त हुनेगरी सूचनाको पहुँच पु¥याउन सूचनाको हक सुनिश्चित गर्नु पर्दछ । हाल कोशि बहिरा संघले कोरोनाको महामारीको बेला श्रवणदृष्टि विहीनता भएका बालबालिकाहरुका लागि अनलाईन फलोअप सेवा प्रदान गरिएको छ र यसमा श्रवणदृष्टि विहीनता भएका बालबालिकाहरुको ब्यक्तिगत शैक्षिक योजन अनुसारको क्रियाकलापलाई श्रवणदृष्टि विहीन प्रशिक्षक द्वारा अनलाईन फलोअप सेवा बाट सिकाईन्छ। यसका लागि कोशी बहिरा संघको दोभाषे सहयोगी तथा कार्यक्रम सहजकर्ता सन्तोषी तिवारीलाई ९८४२०२७३४२ मा सम्पर्क गर्न सक्नु हुने छ । साथै अनलाईनबाटै फिजियोथेरापि सेवा पनि प्रदान गर्दै आई रहेकोे छ।

 

 

सम्बन्धित

ताजा अपडेट
महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच शिविर
विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै
नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल