विराटनगर १६ भदौ ।
युवा अभियन्ताको छवी बनाएका विराटनगरका सविन दाहाल युथ कांग्रेस नेपाल प्रदेश १ को संयोजकमा नियुक्त भएका छन् । मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच युथ कांग्रेस नेपालले उनलाइ संयोजक पदमा नियुक्त गरेको घोषणा गरेको छ । कांग्रेसका युवा नेताहरुको संरक्षणमा देशभर विस्तार गरिएको युथ कांग्रेस नेपालमा १ लाख युवाहरुलाई प्रत्यक्ष सहभागी गराउन लागिएको छ ।
दाहाल युथ फर ब्लडका पूर्व अध्यक्ष हुन्, भने हाल हामी युवा कार्यक्रम अन्तर्गत प्रदेश १ को विभिन्न जिल्लामा युवा सशक्तीकरणका विभिन्न कार्य गर्दै आइरहेका छन् । यस्तै उनी विराटनगर महानगरपालिका मेयर भीम पराजुलीको सचिवालय सदस्यकारुपमा समेत काम गरिरहेका छन् ।