कौशल निरौला शुक्रबार, भाद्र २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ भदौ ।

निजी क्षेत्रका उद्योगी ,व्यवसायी तथा विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको आर.एन. ए. एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । शुक्रवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।

महानगरले ती दुवै मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिसकेको छ । मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले मेसिन सञ्चालन भए संगै द्रुतगतिमा सेवा दिन सकिने बताएका छन् ।

समुदाय स्तरमा फैलिरहेको कोभिड १९ को संक्रमण अवस्थालाई मध्यनजर गरी यसअघि निजी क्षेत्र र नागरिक समाजका तर्फबाट मूल्य अभिवृद्धी कर सहित रु ३१ लाख ६४ हजारको १ थान पी.सी.आर मेसिन महानगरपालिका मार्फत कोशी अस्पताललाई सहयोग स्वरुप उपलब्ध गराइसकेको थियो ।

यस्तै मूल्य अभिवृद्धि कर सहित रु. ३२ लाख बराबरको १ थान आर.एन.ए. एक्स्ट्राक्सन मेसिन समेत शुक्रबार कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । अमेरिकन ब्राण्डको हाईमिडिया कम्पनीको आर.एन. ए. एक्स्ट्राक्सन मेसिन संचालनमा आएपछि २४ घण्टामा पन्ध्र सय सम्म परिक्षण गर्न मिल्ने बताइएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे ,उद्योगी शुरेन्द्र गोल्छा, विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल ,नेपाली कांग्रेस विराटनगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने ,अस्पताल ब्यवस्थापन समितिका सदस्य मुकेश बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

मेसिन किन्नका लागि कोषमा रकम जम्मा गर्ने दाताहरु को को हुन् ?

भीम पराजुली – मेयर , विराटनगर महानगरपालिका
भीम घिमिरे – अध्यक्ष, उद्योग संगठन मोरङ
प्रकाश मुन्दडा अध्यक्ष मोरङ ब्यपार संघ
अरुण न्यौपाने – का.वा. अध्यक्ष, नेपाली कांग्रेस विराटनगर
जीवन घिमिरे – मन्त्री , सामाजिक विकास मन्त्रालय
मुकेश उपाध्याय – उद्योगी
सुयश प्याकुरेल      ”
सुशिल धनावत       ”
प्रदिप मुरारका       ”
राजकुमार गोल्छा    ”
राज्यलक्ष्मी गोल्छा  ”
सुरेन्द्र गोल्छा           ”
राकेश सुराना          ”
नन्द किशोर राठी     ”
सुवोध कोइराला       ”
विपिन कावरा         ”
भोलेश्वर दुलाल        ”
पारस लुनिया           ”
राजन खत्री             ”
सन्जय अग्रवाल        ”
अनुज पोद्धार           ”
मुकेश कोठारी         ”
के एल दुगड
राजकुमार अग्रवाल   ”
तुलसी राम अग्रवाल     ”
आराती स्ट्रिप
रमेश तोदी                ”
नवल किशोर कावरा    ”
बासु गोल्यान              ”
मोती दुगड                  ”
पवन सारडा               ”
अनुपम राठी           ”
नविन रिजाल         ”
विकास वेगवानी         ”
हिमगिरी हाइजिन
केदार कार्की   – प्रदेश सभा सदस्य १
भाटभटेनी सुपर मार्केट
राजन सिटौला             – उद्योगी
मोतिराज दाहाल               ”
राजेन्द्र राउत                      ”
अविनास बोहरा                ”

के भन्छन् कोभिड कोषका पदाधिकारी ?

विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योग संगठनका अध्यक्ष भीम घिमिरे ,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र नागरिक समाजका तर्फबाट अरुण न्यौपानेले हस्ताक्षर गरि निकालिएको सम्युक्त प्रेस विज्ञप्तिमा मेसिन खरिद गर्न सहयोग पु¥याउनु हुने सबै मनकारी दानवीर दाताहरुलाई हार्दिक आभार ब्यक्त गरिएको छ । विज्ञप्तिमा मानवीय सेवामा पु¥याउनु भएको सहयोगको उच्च मूल्यांकन हुने समेत बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल