विरानगर २८ भदौ ।
विराटनगर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा पाँच दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट लागु हुने गरी पाँच दिनका लागि महानगरपालिकाको सेवा बन्द गरिने भएको हो ।
पोखरेलको कन्ट्रयाक ट्रेसिङमा महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।महानगरपालिका अन्तर्गतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक स्वास्थ्य, सरसफाई, वारुणयन्त्रसहितका सेवा भने सञ्चालन हुने छन् ।
महानगरद्धारा जारी विज्ञप्ति :