काठमान्डौ ३० भदौ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल पूरा गरेर लोडसेडिङ मुक्त बनाउने श्रेय पाएका कुलमान घिसिङलाइ औपचारिकरुपमा बिदाइ गरिएको छ । प्राधिकरणका कर्मचारीहरुले मंगलबार उनको औपचारिक रुपमा बिदाइ गरेका हुन् ।
घिसिङको पुनः नियुक्तिबारे थप बहस हुँदै गर्दा प्राधिकरणबाट औपचारिक बिदाइ लिएर उनी घर फर्केका छन् । उनी २०७३ भदौ २९ गते प्राधिकरणको सिइयो नियुक्त भएका थिए । यो समयमा उनले देशबाट लोड सेडिङ अन्त्य गर्दै घाटामा रहेको प्राधिकरणलाई नाफाको स्थितीमा पुर्याएका छन् ।