लोकेश पोख्रेल शुक्रबार, आश्विन ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ असोज ।
विराटनगर महानगरमा मोबाइल पीसीआर टेस्टिङ हुने भएको छ । स्थानीय स्रोतसाधन बाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भेन निर्माण गरी यो सेवा प्रवाह गर्न लागिएको हो । विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भेन निर्माण भएको हो ।

नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भेनको निर्माण गरेको छ । भेनमा सेन्सर सेनिटाइजर ,भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ । पीसीआर र आरडीटी गर्न अत्यन्त सहज हुने बताइएको छ ।

रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाएको उक्त मोबाइल स्वाब भेनको साँचो शुक्रबार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको थियो । स्वाब भेनको साँचो बुझ्दै मेयर पराजुलीले मोबाइल स्वाब भेनबाट विराटनगरका वृद्ध ,बालबालिका,अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने उद्घोष गरेका छन् । उनले शनिबारबाटै विराटनगरमा सेवा प्रवाह गर्न मातहतका शाखालाई निर्देशन दिएका छन् ।

मोबाइल स्वाब भेन आए संगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । उनले सेवा प्रवाहमा कुनै कसर बाँकी नराखिने बताएका छन् । यो भेन निर्माणका क्रममा विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल, डा.प्रज्वल खतिवडाले प्राविधिक पाटोमा सहयोग गरेका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ विराटनगरका अध्यक्ष डा बिजु थपलिया,रोटरियन सुरेन्द्र गोल्छा,मनोज बिक्रम शाह, हिमालय मानन्धर ,वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल ,वडा नं ७ का वडाध्यक्ष मधु तिवारी लगायतको उपस्थिती रहेको थियो ।

 

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल