रोशिका अधिकारी मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ असोज ।
सडक ,पेटीमा कारोबार गर्ने र छाडा चौपाया छोड्नेहरुका लागि विराटनगर महानगरपालिका कठोर बन्ने भएको छ ।
सडकपेटीमा ग्यारेजका काम गर्ने,सडकपेटी मिचेर पसल व्यवसाय खोल्ने ,कवाडीका सामान सडकमै राख्ने र छाडा चौपाया छोड्नेहरुलाई कारबाही गर्ने सम्मका कार्यक्रम महानगरले ल्याएको छ ।

विराटनगर महानगरका नगरप्रहरी निरिक्षक राजन पौडेलले विराटनगरका सुन्दर सडक पेटीमा भइरहेका असभ्य देखिने सबैखाले कुराको नियमन थालिएको बताए । उनले सडकपेटीमा ग्यारेजका कामहरु गर्ने,सडकपेटी मिचेर पसल व्यवसाय खोल्ने ,कवाडीका सामान सडकमै राख्ने र छाडा चौपाया छोड्नेहरुलाई हदै सम्मको कारबाही गरिने बताए ।

पटक पटक सूचना प्रवाह गर्दा समेत अटेर गर्ने काम भइरहेको भन्दै उनले जरिवाना गर्ने र उल्लंघन गरिरहेको थप विवरण भेटिए थप जरिवाना सहित कारबाही गर्ने योजनाका साथ नगरप्रहरीले काम गरिरहेको जानकारी दिए । एक पटक जरिवाना गरि छाडिएको चौपाया पुन छाडा छोडिए महानगरले लिलामी गर्ने बताए । कोरोना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि आइसोलेसन र क्वारेन्टाइनमा खटिएर वाह वाही पाएको नगर प्रहरी सडक सौन्दर्यीकरणमा समेत जुटेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल