लोकेश पोख्रेल/रोशिका अधिकारी आइतबार, आश्विन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ असोज ।
विशेष अवस्थाका व्यक्तिहरुको स्वाब घरबाटै संकलन गर्नेगरी मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याएको विराटनगर महानगरपालिकाको चर्चा यतिखेर शिखरमा छ । यसलाई मुलधारका सञ्चारमाध्यमले समेत प्रमुख प्राथमिकतामा राखेका छन् । जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अशक्त ,गर्भवती तथा सुत्केरीलाई विशेष प्राथमिकतामा राखेर भ्यान सञ्चालनमा ल्याए संगै यसको चर्चा चुलिएको हो ।

महानगरले शनिवार बाट स्वाव भेनबाट काम थालनी गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष पहलमा यो स्वाब भेन बनाइएको हो । रोटरी क्लब अफ विराटनगर र महानगरको यसमा आधा आधा लगानी परेको छ । हुलास कम्पनीले यो भेन निर्माण गरेको हो । यसको लागत ४ लाख परेको बताइएको छ । वातानुकुलित भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिनेलगायतका व्यवस्था मिलाइएको छ । मोबाइल स्वाब भ्यान सञ्चालनमा आएसँगै विशेष अवस्थाका व्यक्तिहरुले स्वाब दिन स्वाब संकलन केन्द्रसम्म आउनुपर्ने समस्या हटेको नगर प्रमुख भिम पराजुलीले बताए । आइतवार हाम्रो टिम मानव सेवा आश्रम पुग्दा उनी स्वाब संकलन स्थलमै भेटिए । मोवाइल भेन सञ्चालनमा आए संगै विराटनगरलाई ठू्लो राहत मिलेको पराजुलीले बताए ।

शनिवार विभिन्न बृद्धबृद्धाहरुको स्वाव संकलन गरेको थियो भने आइतवार विराटनगर स्थित वडा नं १० र वडा नं ३ मा रहेको मानवसेवा आश्रममा रहेका ५५ जनाको स्वाव संकल गरिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कोरोना संक्रमणको क्रम चले यता महानगरले क्वारेन्टिन ,आइसोलेशन ,आरडीटी परिक्षण ,पीसीआर परिक्षण लगायत विभिन्न जनचेतना मुलक कार्य गर्दै आएको छ । यस्तै जैन भवन विराटनगरबाट दैनिकरुपमा स्वाब संकलन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल