लोकेश पोख्रेल मंगलबार, आश्विन १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ असोज ।
विराटनगर महानगरपालिकामा लिन लागिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको छ । महानगरले विज्ञप्ति जारी गरेर सञ्चालन हुने भनिएको परिक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको जानकारी दिएको छ । असोज २५ बाट परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको महानगरले पछिल्लो समय केही शिक्षक तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको साथै अभिभावक तथा विद्यार्थीको भावना बुझ्दै तत्काल परिक्षा स्थगित गरेको बताएको छ ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै परीक्षा लिने तयारीमा जुटेको महानगर पछाडी सरेको छ । मंगलबार महानगरका कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद खतिवडाद्धारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि परिक्षा स्थगित गरिएको उल्लेख छ । यस संगै नगर शिक्षा समितिको निर्णय अनुसार असोज १ गते देखी विद्यालयले मासिक शुल्क मात्र लिन पाउने व्यवस्था भएकोले सोही अनुरुप गर्न पनि आग्रह गरिएको छ । शुल्क संग जोडिएर गरिएका टिकाटिप्पणीमा कुनै सत्यता नभएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै महानगरका मेयर भीम पराजुलीले सरकारको गलत निर्देशनका कारण समस्या सिर्जना भएको बताए । कक्षा ११ को परीक्षा तत्काल आवश्यक नभएको हाम्रो पनि ठम्याइ थियो तर सम्बन्धित निकायबाट स्थानियतहलाई अनावश्यक झमेलामा फसाउने काम समेत भएको पराजुलीले बताए । अवस्था सहज हुदाको परिस्थितीमा मात्र परिक्षा लिन सकिने कुराको जानकारी गराउनका साथै परिक्षा स्थगित गर्न मातहतका निकायलाई जानकारी गराइएको बताए ।

परिक्षा संगका आवश्यक समस्या सुल्झाउन सरकारले विशेष निर्णय गर्नुपर्ने बेला आएको मेयर पराजुलीले बताए । सबै तहका लाखौ विद्यार्थी परिक्षा नहुदा उच्च शिक्षा लिनबाट वञ्चित भइरहेको बताए । उनले लाखौ विद्यार्थीको भविष्य अन्यौलमा नपार्न सम्बन्धित पक्षहरुले आवाज उठाउन जरुरी भएको बताए ।

 

महानगरद्धारा जारी विज्ञप्ति:

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल