लोकेश पोख्रेल शुक्रबार, आश्विन २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ असोज ।
प्रदेशको राजधानीको जिम्मेवारी बोकेको विराटनगरमा अक्सिजन अभावमा एक व्यक्तिको मृत्यु भन्ने समाचार आउनु दुःखद छ । यो परिपुर्तिका लागि सम्बन्धित निकाय मौन जस्तै छ । अक्सिजन अभावकै कारण मृत्युवरण गर्नुपरेका घटनाहरु विराटनगरमा बढ्दै छन् ।
शुक्रबार मात्रै विचाराधीन मुद्दाको फैसला पर्खिरहेका एक कैदीबन्दी युवकको विराटनगरस्थित जिल्ला कारागार मोरंगमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोशी अस्पताल आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार इटहरी उपमहानगरपालिकाका २० वर्षीय युवकको शुक्रबार बिहान करिब साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको हो । बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने भए पनि त्यो उपलब्ध नभएको उनले बताए । अक्सिजनका लागि आइसोलेसनबाट कोभिड १९ उपचार केन्द्रमा बिरामीलाई थप उपचारका लागि पठाउने प्रयास गरिएको भएपनि त्यहाँ बेड खाली नहुँदा समस्या भएको भनिएको छ । अक्सिजन अभावकै कारण मृत्युवरण गर्नेको संख्या बढ्दो छ । यो कुरालाई सम्बन्धित निकायले सच्याउन जरुरी भइसकेको छ ।

कारागारको हेलचेक्रयाई

जेललाई सुधार गृह भनिएपनि त्यसो हुन सकिरहेको छैन । यी स्थानमा यसै पनि स्वास्थ्य समस्या छदै छ । यद्यपी अहिलेको कोरोना महामारीबाट पनि जेलहरु सुरक्षित रहन सकेका छैनन् । ती युवामा समस्या देखिएपनि उपचारमा तदारुकता नदेखिएको उनका आफन्तहरुले आरोप लगाएका छन् । युवकको स्वास्थ्यमा समस्या देखिपछि बिहीबार बिहान कोशी अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि, उनलाई कोशी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको बताइएको छ ।

युवक लागु औषध मुद्दामा मोरंग जिल्ला अदालतको आदेशबाट विगत ८ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेका थिए । जेलबाट हुने ढिलासुस्तिका कारण कतिपय मानिसहरुको अनाहकमा ज्यान जाने गरेको छ ।यस विषयमा समेत पछिल्लो समय जेलजीवन बिताइरहेकाहरुको अवस्था अध्ययन हुन सकिरहेको छैन भने मानवअधिकारको खिल्ली उडाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल