विराटनगर २८ असोज ।
सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेका दुई जनाको उद्दार गरिएको छ । बुधवार विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर २ स्थित शंकरपुरबाट उद्दार गरेका हुन् । सडकमै दिसापिसाव गर्ने र जथाभावि बोल्ने गरेका कारण ती ब्यक्तिहरु असुरक्षित समेत बनेका थिए । विराटनरलाई वेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । बुधवार उद्दार गरिएकाहरुलाइ लिवर्टी नेपालमा लगिएको छ ।
उनीहरु लागुऔषध प्रयोगकर्ता भएका कारण लिबर्टीमा लगिएको बताइएको छ । यस भन्दा अगाडी उद्दार गरिएका दर्जनौ मानिसहरुलाई विराटनगरमा रहेको मानवसेवा आश्रममा राखिदै आएको थियो । उद्दारका क्रममा भेटिएका मेयर पराजुलीले वेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत ब्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप ब्यवस्थित गर्दै निरन्तरता दिने बताए ।