रोशिका अधिकारी/लोकेश पोख्रेल बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ असोज ।
विराटनगरमा सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेकाहरुको ठूलो संख्यामा उद्दार गरिएको छ । बिहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर ९ स्थित गुद्री आसपास क्षेत्रमा बस्दै आएका १२ जनाको उद्दार गरेका हुन् । सडकमै दिसापिसाब गर्ने र जथाभावि बोल्ने गरेका कारण ती व्यक्तिहरु असुरक्षित समेत बनेका थिए ।

विराटनरका सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । बिहिबार उद्दार गरिएकाहरुलाइ विराटनगर १० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडी विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ । आज एकै पटक ठूलो समूहमा सडकपेटीमा बस्दै आएकाहरुको उद्दार गरेको हो ।

लागुऔषध प्रयोगकर्ता र घरबार विहिन भएर बेसहारा जीवन बिताइरहेकाहरुको पहिचान सहित बस्ने स्थान समेत छनौट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकाहरुलाई सुधार गृहमा लगिएको छ । बुधबार उद्दार गरिएका २ जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

उद्दारका क्रममा भेटिएका मेयर पराजुलीले बेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत व्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताए । महानगरले बेसहारा मानिसहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसंग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको छ ।

फोटो फिचर :

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल