लोकेश पोख्रेल सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ कार्तिक ।
कोभिड संक्रमितको उपचारमा सहज होस् भन्ने उदेश्यका साथ विराटनगर महानगरपालिकाको पहल र युुएनडीपीको सहयोगमा प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोमबार विराटनगर महानगरले एक अनौपचारिक कार्यक्रमका गरी युएनडीपीको सहयोगमा आएको सामाग्री प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र युुएनडिपी प्रदेश १ का प्रमुुख धनबहादुुर चन्दले उक्त समाग्री हस्तान्तरण गर्दै जनताको स्वास्थ्य सेवामा थप सहजता आउने विश्वास व्यक्त गरे ।

महानगरको समन्वयमा युुनएनडीपीले पिसिआर टेष्टमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्राक्सन मेसिन, भेन्टीलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

७५ लाख मुुल्य बराबरको सो तिनवटा स्वास्थ्य उपकरण प्रदेश ल्याब तथा कोभिड अस्पताल र विराटनगरको वैझनाथपुुरमा रहेको आइसोलेसन केन्द्रमा प्रयोगमा ल्याइृने जनाइएको छ ।

कार्यक्रमा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए । विराटनगर र धरानस्थित कोभिड अस्पताललाई थप विस्तार गर्दै जाने बताए । विराटनगरमा १५ वटा भेन्टीलेटर थप जडान गर्न लागेको मन्त्री घिमिरेले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले महानगरपालिकाले निजी स्तरको सहयोगमा अक्सिजन सहित एक सय वेडको अस्पताल सञ्चालन गर्न लागेको बताए । कोभिड रोकथाम उपचार तथा नियन्त्रणका लागी महानगरपालिकाले सम्पुुर्ण शक्ति लगाइरहेको बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशाकिय अधिकृत इन्द्रमणि पोखरेल, कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा.चुुमनलाल दास, डा. दीपक सिग्देल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल