Birat Post बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ कार्तिक ।
दशैंको अबधिमा पीसीआर टेष्ट नगर्ने साथै कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयको नेपाली कांग्रेस महानगर समिति विराटनगरले विरोध जनाएको छ । बिहिवार कोशी अस्पताल विराटगरका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दास मार्फत स्वास्थ्य मन्त्रालयलाई काग्रेस महानगरले ज्ञापन पत्र बुझाइएको छ ।

दशैं भरी पीसीआर परिक्षण रोक्ने , कोभिडका बिरामीले शुल्क तिरेर मात्र उपचार पाउने, शव व्यवस्थापन पनि जनता आफैंले गर्नुपर्ने जस्ता निर्णयले आम जनसमुदाय मार्कामा परेको भन्दै कांग्रेस नगरले विरोध जनाएको हो ।  चारैतिर लास बिच्छ्याएर सरकारले दशैं मनाउने तयारी गरेको भन्दै कांग्रेस महानगरले तत्काल जनतालाई राहत मिल्ने कार्यक्रम ल्याउन सरकार संग माग गरेको छ ।

कांग्रेस नगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपानेले सम्पूर्ण जनता आक्रान्त भएको यस्तो अवस्थामा जनताले नै चुनेर पठाएको सरकार निकम्मा र नालायक भएको बताए । सरकारले गरेका अति गैरजिम्मेवारपूर्ण तथा जनविरोधी निर्णयहरु अविलम्ब फिर्ता हुनुपर्ने, बढि भन्दा बढि आइसोलेसन सेन्टरहरु बनाउनुपर्ने, अस्पतालहरुको क्षमता बढाउनुपर्ने लगायतका माग राख्दै काग्रेस नगर बिरोधमा उत्रेको हो ।
सरकारले गरेका सम्पूर्ण जनविरोधी निर्णय फिर्ता नलिए चाड मनाएर नबस्ने र सरकार विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी सभापति न्यौपानेले दिएका छन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नगर सचिव प्रकाश दाहाल,वडा नम्वर ५ का वडा सभापति विमल राज भण्डारी ,नगर सदस्य केशव रिजाल , मुस्लिम संघ वडा नं ६ का सभापति जावेद इकवाल लगायतको सहभागिता रहेको थियो । यस भन्दा अगाडी पनि आयुसोलेशन सहित अस्पतालमा उचित ब्यवस्थान गर्न माग गर्दै कांग्रेस नगरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल