Birat Post शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ कार्तिक ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।

नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रुपमा  फैलिएको कोभिड १९ बाट बच्न सचेतानामूलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरु गरेको हो । नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरु गरेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा समुदाय स्तरमा तिव्र रुपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियानसँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरु सर्वसाधारणहरुलाई वितरण गर्दै आएको छ ।

विराटनगरको एक दर्जन ठाउँमा छुट्टा छुट्टै स्थानमा सचेतनामूलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्काउटले विराटनगरको पुष्पलाल चौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटमिल चौक, डिएसपी चौक, ट्राफिक चौक लगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ । स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरण सँगै सहि तरिकाले लगाउने साथै लगाएको मास्क डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ ।

नेपाल स्काउटले अहिले देशभरी सचेतनामूलक अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल