Birat Post आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ कार्तिक /
कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाज द्धारा स्थापित कोरोना केयर सेन्टरका पदाधिकारी सहितको टोलीले शनिवार कोशी कोरोना अस्पतालको निरिक्षण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे,विराटनगर महानगरका मेयर भीम पराजुली, पूर्व संविधान सभा सदस्य तथा केयर सेन्टरका संयोजक पवन सारडा,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको टोलीले कोशी कोरोना अस्पतालको निरिक्षण गरेको हो । अस्पताल परिसरमै थप १ सय बेडको कोरोना केयर सेन्टर बनाउने अभियान अन्तरगत त्यस स्थानमा आबश्यक पूर्वाधार कसरी जुटाउन सकिन्छ भन्ने उदेश्यका साथ निरिक्षण गरिएको हो ।

अस्पताल परिसरमै रहेका भवन प्रयोगमा ल्याउन सकिन्छ वा केयर सेन्टर बनाउन अन्य स्थान खोज्ने भन्ने विषयमा सेन्टरका पदाधिकारीहरु लागिरहेका छन् । यसै अनुरुप गरिएको अनुगमन फलदायी भएको सेन्टरका संयोजक पवन सारडाले बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका मेयर भीम पराजुली सकारात्मक रहेका कारण कोरोना केयर सेन्टर स्थापनामा सहजता हुने बताए । चाढैनै विराटनगरले थप १ सय वेडको कोरोना केयर सेन्टर पाउने सारडाको भनाइ छ ।कोरोना संक्रमितको संख्या अत्याधिक बढेको र अक्सिजनको समेत आबश्यकता बढ्दै गएका कारण चाँडो भन्दा चाँडो बेड ब्यवस्थापनका लागि जुटेको सारडाले जानकारी दिए ।

कोरोना राहत कोष संगै क्षेत्राधिकार फराकिलो बनाउदै नागरिक केयर सेन्टरको अवधारणा सम्म पुगेको अभियानले थप सहजता प्रदान गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको संयोजकत्वमा बनेको कोष मार्फत कोशी अस्पताललाई आरएनए एक्ट्राक्सन मेसिन र पीसीआर मेसिन सहितका लाखौ मूल्य पर्ने सामान प्रदान गरेको थियो । सोही कोषले नयाँरुप धारण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ र डा.शेखर कोइराला सल्लाहकार राखेर कोरोना केयर सेन्टरको अबधारणा ल्याइएको सेन्टरका सदस्य सचिव पुनम दाहालले जानकारी दिए । सेन्टरले छठ अगाडीनै १ सय वेडको अत्याधुनिक केयर सेन्टर सञ्चालनमा ल्याउने लक्ष्य राखेको दाहालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल