Birat Post सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १७ कार्तिक ।

कोरोना भाइरसको संक्रमण भएको हो वा होइन भनेर पत्ता लगाउन सक्ने प्रविधि विकास गरिएको छ । लान्सिट नामक जर्नलमा उल्लेख गरिएअनुसार वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य संक्रमणलाई कोभिडबाट लगभग तत्कालै छुट्याउन सक्ने देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका अनुसन्धानको नतिजापछि इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनी उक्त प्रविधि विकास गरेको हो ।

प्रविधिका लागि बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुने जनाइएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले तत्काल नतिजा आउने भएपछि उड्डयन क्षेत्र, यातायात क्षेत्र, अध्यागमनलगायत अस्पतालबाहिरको वातावरणमा प्रयोग गर्न सकिने बताएका छन् ।

शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु नपर्ने हुँदा परीक्षणका लागि तत्काल नमुना लिन सकिन्छ । नमुना संकलनका लागि विशेषज्ञ जनशक्तिसमेत नचाहिने र केही मिनेटभित्रै नतिजा पाउन सकिने डोमिनगुएज बताउँछन् । फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन तथा ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच तत्काल फरक छुट्याउने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो ।

तर, कोरोना भाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लिएको हो । दम वा ब्याक्टेरियाले गराउने निमोमियालगायत अन्य रोगसँग छुट्याएर कोभिड–१९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको बताइएको छ ।
-एजेन्सीको सहयोगमा

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल