Birat Post बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ कार्तिक ।
अमेरिकामा राष्ट्रपति चुनावको प्रारम्भिक मतपरिणाम आउने क्रम सुरु भएको छ । प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही राज्यमा मतदान अझै जारी रहे पनि सकिएका स्थानहरुको गणना शुरु भएको हो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत चाहिन्छ । न्यूर्योक टाइम्सका अनुसार प्रारम्भिक नतिजामा बाइडेन १३१ इलेक्ट्रोल मतमा अघि रहेका छन् । राष्ट्रपति ट्रम्प ९८ इलेक्ट्रोल कलेजमा अघि रहेका छन् ।

प्रारम्भिक नतिजाका आधारमा केही भन्न नसकिने विज्ञले बताएका छन् । यो पटकको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढि रहेको र मतगणना राज्य अनुसार भिन्न तरिकाले भएकाले स्पष्ट नतिजाका लागी केही समय पर्खिनु पर्ने छ ।

 

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल