Birat Post शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ कार्तिक ।
जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुुनसरी तथा उदयपुुर जिल्लाका २२ सय परिवारले नयाँ घर पाएका छन् । गरिब विपन्न तथा सिमान्तकृत २२ सय ५ परिवारले नयाँ घर पाएका हुुन् । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले दुुई वर्षमा घर निर्माण गरि विपन्न समुुदायलाई हस्तान्तरण गरेको हो ।

जनता आवास कार्यक्रम आर्थिक वर्ष ०७३/०७४ बाट सुुरु भएपनि आर्थिक वर्ष ०७५/०७६ मा संघिय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।
आर्थिक वर्ष ०७५/०७६ मा मोरङमा १ सय ८२, सुुनसरीमा २ सय ३३ तथा उदपुुरमा ३ सय ६० घर निर्माण भएका थिए । त्यस्तै ०७६/०७७ मा मोरङमा ४ सय ८६ , सुुनसरीमा ६ सय ३३ तथा उदयपुुरमा ३ सय ११ घर निर्माण गरि समुुदायलाई हस्तान्तरण गरिएको छ ।

तीन जिल्लामा ५ हजार २७ वटा नयाँ घर बनाउने लक्ष्य रहेको कार्यालयका इन्जिनियर ओमप्रकाश शर्माले बताए । जसमध्ये २२ सय ५ घर निर्माण भएको र चालुु आर्थिक वर्षमा बाँकी रहेका २८ सय २२ घर निर्माण गर्ने कार्यालयको लक्ष्य रहेतापनि कोरोना महामारीका कारण बजेटको अभाव तथा समयमा काम गर्न नसक्दा लक्ष्य अनुुसार काम पुुरा हुुन नसक्ने इन्जिनियर शर्माले बताए । चालुु आर्थिक वर्षमा ४० प्रतिशत काम सम्पन्न हुुने शर्माको भनाइ छ ।

कार्यालयले एउटा घर निर्माणका लागी ३ लाख ३२ हजार ५ सय रुपैँया उपलब्ध गराउने र त्यसमा लाभग्राहीले १० प्रतिशत रकम बराबरको श्रमदान नभए एउटा सुलभ शौचालय निर्माण गर्नुुपर्ने हुुन्छ । कार्यालयले स्थानिय तहको समन्वयमा लाभग्राहीलाई सहभागी बनाई समिति बनाएर घर निर्माणका लागि प्रक्रिया अगाडी बढाउने गरेको छ ।

अति विपन्न, सिमान्तकृत तथा दलित समुुदायलाई लक्षित गर्दै उनिहरुको उचित बसोवासका लागी ल्याइएको सो कार्यक्रम अन्र्तगत कतिपय स्थानिय तहहरुले समेत आफनै बजेटमा घर निर्माण गरि विपन्न समुुदायलाई हस्तान्तरण गरेका छन् । आफुुहरुलाई उपलब्ध गराउदै आएको रकमले पूर्ण रुपमा घर निर्माण नहुुने लाभग्राहीको गुुनासो छ ।

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल