लोकेश पोख्रेल बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ कार्तिक ।
मोरङ ट्राफिक प्रहरी प्रमुख राकेशकुमार पोद्धारले कार्यभार सम्हालेको झण्डै एक बर्ष पुग्न लागेको छ । तर यो समयमा उनले उल्लेख्य काम भने गर्न सकेका छैनन् । काम कम र गफमै समय बिताउने पोद्धारले सुरुवाती समयमा भने केही देखाउ काम गर्न भने खोजेका थिए । आउने बित्तिकै विराटनगर स्थित बरगाछी भन्दा माथिल्लो भागमा रोडडिभाइडरमा रिफ्लेक्टर राख्ने अभियान सुरु गरेका थिए । जुनठाउँमा अत्याधिक दुर्घटना हुने गर्दथ्यो ।

अभियान मात्र सुरु गरे तर त्यो कामलाई पनि उनले पूर्णता दिन सकेनन् । द्रुतगतिमा कुद्ने सवारी साधनको गति रोक्ने अभियान पनि उनको अधुरो नै रह्यो । पोद्धार भन्दा अगाडीका ट्राफिक प्रहरी प्रमुख थिए विराटगरकै शिवकुमार पोखरेल । उनले थालनी गरेको डमी ट्राफिकको निकै चर्चा भएको थियो । सुरुवाती समयमा त मापसे गर्नेहरु समेत झुक्किने गरेका थिए । तर ती डमीहरु आज कुरुप बनेर रोड डिभाइडरमा उभिरहेका छन् । यसतर्फ समेत पोद्धारको ध्यान जान सकेको छैन । सिटी रिक्सा,अटो जस्ता साधनहरुलाई समेत उनले ब्यवस्थित गर्न सकेका छैनन् । मुख्य बाटो र हाइवे भनिएको स्थानमा समेत अटोचालकहरुको गतिलाई समेत नियमन गर्न उनले सकेका छैनन् । जसका कारण धेरै दुर्घटना समेत बढ्न थालेको छ ।

डिभाइडर राखिएका स्थान र तिनको प्रबन्ध स्थानीय जनताको सरोकार संग भन्दा पनि मनोखुसी व्यवस्थापनमा समेत जुटेको भन्दै आयलनिगम देखी दुधफारम पश्चिमका बासिन्दाले विरोध गरिरहेका छन् । त्यस क्षेत्रका मानिसहरुका लागि वैकल्पिक बाटो छैन । डिभाइडर राखेपछी दुधफारम सम्म पुगेर बाटो काट्नु पर्ने बाध्यतामा स्थानीयहरु पुगेका छन् । जुन थप दुर्घटनाको कारक बन्न सक्छ ।

कोरोनाका कारण अहिले मापसे चेक पनि गर्नु पर्दैन । भीआइपीहरुको त्यत्रो भिडभाड छैन र दौडधुप पनि कमै छ । तर पनि प्रमुख पोद्धारको काम भने देखिन्न । उनको ध्यान सीमावर्ती क्षेत्रबाट आउने गाडी आयातमा मात्रै केन्द्रीत छ । यसको ज्वलन्त उदाहरण रानी, रोडशेष चौक, आयलनिगम छेउ र नेमुवा पुलसम्म हेरे पुग्छ ।

यस समाचारको खाका कोरोन्जेल सम्म हाम्रा प्रतिनिधिहरु दर्जन बढी स्थानमा पुगेर अध्ययन गरेका छन् । प्रशासकहरु पनि जनताका प्रतिनिधिनै हुन् । आफ्नो क्षेत्रमा के भइरहेको छ र स्थानीयको समस्या के हो भन्ने विषयमा न्यायोचित काम गर्न भने जरुरी देखिन्छ । विराटनगर मात्रै होइन पोद्धारको क्षेत्राधिकारमा रहेका सबै बाटोहरुमा ट्राफिक व्यवस्थापन ,त्यहाँ गरिने गतिविधि र व्यवस्थापन समेत फितलो देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल