Birat Post बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २७ कार्तिक ।
विराटगरमा राजतन्त्रको समर्थनमा विशाल मोटरसाइकल ¥याली निकाल्दै भव्य जनप्रदर्शन भएको छ । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले राजतन्त्र स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै विशाल ¥यालीको आयोजना गरेका हुन् ।

मुलुकमा गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भएपछि राजसंस्था पुर्नस्थापना र हिन्दु राष्ट्रको जोडतोडका साथ माग गरिदैं आएको छ । वर्तमान नेकपाको सरकार जनविरोधी, निकम्मा, नालायक भएको र जनतामा अधिकतम निराशा छाएको भन्दै राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका युवाहरूले व्यवस्था परिवर्तनको माग गरेका छन् ।

यसअघि पनि पश्चिम नेपालका काठमान्डौं, बुटवल, विरगन्ज लगायतका शहरमा राजावादीहरुले विशाल मोटरसाइकल ¥याली निकालेका थिए । आज विराटनगरमा भएको उक्त मोटरसाइकल ¥यालीमा हजारौंको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजा तथा राष्ट्रवादी शक्तिका नेताहरु बल्लभ प्रसाद दाहाल,जीत बहादुर अर्याल,बद्री मण्डल,प्रल्हादप्रसाद साह,केदार कोइराला,माधव आचार्य,पुष्पराज दाहाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल