अर्जुन खड्का शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १९ मंसिर ।

दुहवी नगरपालिकाका विकासप्रेमि मेयर वेद नारायण गच्छदारले “नगर प्रमुख आवास योजना“ अन्तर्गत साढे ८ करोडको स्टिमेट लागतमा नगर भित्र लामो समयदेखि घरबारविहिन सुकुम्बासी समुदायहरुको उद्दार का लागि आवास निर्माण कार्य तिव्र गतिमा सञ्चालन गरेका छन् ।

दुहवी नगरपालिका वडा नम्बर ११ मा करिब २ बिगाह जग्गा उपलब्ध गराइ ११६ घर निर्माण गरि नगर क्षेत्र भित्रका सुकुम्बासि, दलित,पिडित समुदायलाइ उत्थान गर्ने उदेश्यले गत आर्थिक बर्ष देखि निर्माण सुरु गरिएको उक्त आवास क्षेत्रमा हालसम्म ५० वटा घर निर्माण कार्य तिव्र  गतिमा अगाडि बढिरहेको र बाँकि ३० वटा  घरहरु  बनाउन ठेक्का लागिसकेको  प्रमुख गच्छदार ले जानकारी दिए ।

निर्माणाधिन ८० घर यसै बर्ष निर्माण सम्पन्न गरि वास्तविक सुकुम्बासीहरुलाइ हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । बाँकी ३६ घर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ । यसै आर्थिक बर्ष भित्र ११६ वटा घर निर्माण गरि हस्तान्तरण गर्ने लक्ष्य रहेतापनि कोरोना महामारीका कारण बाधा भएको बताए ।

उक्त निर्माणाधिन आवास क्षेत्र भित्र सुकुम्बासी समुदायका लागि घर मात्रै हैन उनिहरुको स्वास्थ्य अवस्था मध्यनजर गर्दै आधारभुत स्वास्थ चौकि ,बालबच्चा को शारीरिक सवलता र बौद्धिक क्षमता अभिवृद्दि गर्ने हेतुले खेल मैदान र सामुदायिक भवन समेत बनाइने गच्छदारले जानकारी दिए ।

बहुदल पश्चात बनेका नेपाल सरकारहरुले भुमि सम्बन्धि व्यवस्था र सुकुम्बासी समस्या समाधान आयोगहरु पटक–पटक गठन गरेपनि हाल सम्म वास्तविक सुकुम्बासीहरुको पहिचान र उत्थान हुन सकेको छैन । पहुँच वाला र बोलवालाहरुको भरमा आफ्ना नातेदार र ढुकुम्बासिहरुलाइ जग्गा हस्तान्तरण गरी सुकुम्बासीका नाममा राज्यको सम्पति दोहन हुने गरेको थियो ।

दुहवी नगरपालिकामा यस्ता वास्तविक सुकुम्बासीहरुको खास पहिचान गरि व्यवस्थित बसोबास गराउन, उनिहरुको जिवन रक्षा र सन्ततिको भविश्यको चिन्ता बोकेर मेयर हुनु अगावै देखि बनाएका योजना मुताबिक युवा तथा उर्जाशिल विकास प्रेमि मेयर गच्छदारले आफ्नै कार्यकालमा उनिहरुको उद्दार गरिने बताए ।

चुनावताका बोरामा पैसा बाड्ने ,मासु र मादकपदार्थ बाड्ने ,जनताको मनोभावना सँग खेलबाड गरि चुनाव जितेर जनताप्रति नै कुठाराघात गर्ने जनप्रतिनिधिहरुको बाहुल्यता रहेको मुलुकमा मेयर गच्छदार एक उदाहरणिय व्यक्ति बनेका छन् । युवा जोश मात्रै हैन उनले यस समुदायको स्थिति,जनजिवन,जिविकोपार्जन शैलि लगायत वास्तविक पिडा बोध गरेको कुरा उनको भिजन र चिन्तनले प्रष्ट देखाउछ ।

कमिशन र फाइदामुखी संस्कार बन्दै गएको राजनैतिक परिवेशमा निस्वार्थ जनमुखी कार्य गर्नु सानो छाति र हिम्मतले सम्भव छैन । बोलवाला र ठुला बडा सँग हिमचिम बढाएर गरिब,बेसहारा अनि सुकुम्बासीहरुप्रति बेवास्ता गर्ने समाजमा यस्ता विकृति चिर्दै तिनै सुकुम्बासी ,बेसहारा, गरिब परिवारको घर आगनमा पुगेर उनिहरुसँगै हातेमालो गरेर वास्तविक अभिभावकत्व प्रदान गर्ने मेयर गच्छदार को जनमुखी शैलिको हरेक नागरिक ले खुलेर प्रशंसा गर्ने गरेका छन् । विरोध गर्नेहरुको केहि झुण्डले उनको सफलता प्रति जतिसुकै अड्चन थापेपनि  अन्ततः सत्यको   जित हुदै आएको  स्थानिय  बासिन्दाले बताएका छन् ।


सुकुम्बासीका नाममा राज्यले दिएका अनुदान र सहयोग समेत मिलेमतोमा आफु निहित अपचलन गरि सुकुम्बासी समस्या ज्युँ का त्युँ राख्ने निकृष्ट व्यक्तिहरुको लागि मेयर गच्छदारको नगर प्रमुख आवास योजना फलामको च्युरा बन्नु अस्वाभाविक होइन । तर गच्छदारले एक पछि अर्को गर्दै दुहवी नगरपालिका भित्र बहुआयामिक, राष्ट्रियस्तरका योजनाहरु समेत भित्राएर जिर्ण दुहवीको मुहारमा चमक ल्याएका छन् । बाटोघाटो, पुल, सडक, बत्ति, खानेपानी, आवास, खेलमैदान, अस्पताल लगायत पर्यटकिय गन्तव्य समेतको दुरगामी भिजन बोकेर मैदानमा उत्रेका विकास प्रेमि गच्छदार यहि र यस्तै कार्यले लोकप्रिय बन्दै गएका छन् ।

नगर र नगरबासीको हित र समुन्नतिको लागि आफु जस्तोसुकै परिस्थिति को सामना गर्न तयार रहेको साथै जनमुखी विकासको विरुद्ध कोहि कसैसँग सम्झौता नगर्ने संकल्प बोकेका गच्छदार नमुना दुहवी नगरको प्रमुख अभियन्ता रहेको नगरवासी बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल