Birat Post मंगलबार, मंसिर २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ मंसिर ।

विश्व हिन्दू परिषद नेपालले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गरेको छ । जवरजस्ती करणीको कसुरमा थुनामा रहेका गिरीलाई सुनसरी जिल्ला अदालतले गत मंसिर २३ गते सफाई दिएको हो । अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ ।’ भनि सफाई दिएको हो ।

यता अदालतले सफाई दिएपछि विश्व हिन्दू परिषद नेपालले भने गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय रहेको भन्दै आपत्ति प्रकट गरेको छ ।
हिन्दु साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नुले प्रशासन माथि नै प्रश्न चिन्ह खडा भएको परिषद्को ठहर छ । हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद बनेको समेत परिषद्को आरोप रहेको छ ।

प्रशासनको लापरवाही एवं अकर्मण्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु परेको, बहुसंख्यक हिन्दूहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुव्र्यवहार गरिएको भन्दै परिषदले दुःख व्यक्त गरेको छ ।

परिषदले प्रशासनबाट गरिएको यस्तो कृत्यको निन्दा गर्दै हिन्दू आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गरेको छ । हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष परिषद्ले आग्रह समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल