Birat Post बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ मंसिर / 
विद्यालयमा निर्भिकता पूर्वक पठनपाठन गर्ने वातावरण सृजना गर्नका साथै शान्ति सुरक्षा प्रदान गर्न माग गर्दै मोरङका शिक्षकहरु आन्दोलित भएका छन् । हालै मिक्लाजुङ स्थित सरस्वती आधारभुत विद्यालयका प्राध्यानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्या गरिएको भन्दै नेपाल शिक्षक महासंघले घटनाको भत्र्सना गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै महासंघले अबिलम्व हत्यामा सम्लग्नलाई कार्वाही गर्न र शिक्षकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन आग्रह गरेको छ । महासंघले हत्याको विरोध गर्दै मंसिर २५ गते विहिवार जिल्लाभरका विद्यालयहरु परिक्षामा बाधा नपुग्नेगरी बन्द गराउन निर्देशन दिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हत्याको जिम्मेवारी लिएको छ । यस घटनाको चौतर्फी आलोचना समेत भएको छ ।
यस्तै हत्या गरिएका शिक्षकको शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि बुधबार आफन्तले बुझेका हुन् । शवको बिहीबार बिहान अन्त्यष्टि गरिने आफन्तले जानकारी दिएका छन् ।

महासंघद्धारा जारी बिज्ञप्ति :

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल