लोकेश पोख्रेल शनिबार, मंसिर २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ मंसिर ।
सडक,पेटि र पोल सफाई अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको विराटनगर महानगर थप सफाई अभियानमा जुटेको छ । सडक सौन्दर्यीकरण अभियान अन्तरगत लत्रेका पोल बाध्ने,पोलमा अनावश्यक रुपमा झुण्डिएका पर्चा पम्पलेट निकाल्ने र पार्किङलाई समेत व्यवस्थित बनाउने अभियानमा जुटेको छ ।

विराटनगर महानगरको नगर प्रहरीले यसको तारतम्य मिलाएको छ भने सरसफाईका लागी थप जनशक्ति समेत परिचालन गरिएको छ । विराटनगरको मेनरोडमा रहेका सबै तारहरु बाध्ने काम भएका छन् भने अनावश्यक पोष्टरहरु हटाइन थालिएको छ ।

सडक सौन्दर्यीकरणका लागि नियमित अनुगमन र व्यवस्थापन गरिने महानगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए । उनले सबैको साथ सहयोगले सहर सुन्दर हुने बताए । महानगरले गरिरहेका सूचना अवज्ञा गरेर फोहरमैला गर्नेहरुमाथी कानूनत कार्वाहीको दायरामा ल्याइने बताए । कसैले अनुमती नलिइ पोष्टर टासेमा आवश्यक कार्वाही गरिने भएको छ । फोहरहरु जथाभावी फाल्नेहरुको नियमन गरिने भएको छ भने चौपाया समेत छाडा छाड्नेहरुलाई कार्वाहीको दायरामा ल्याइने भएको छ ।

सफा सुन्दर र शान्त विराटनगर भन्ने मूल लक्ष्यका साथ काम गर्न मेयर पराजुलीले आफ्ना मातहतका सरोकार सम्बन्ध शाखा प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । यस संगै विराटनगरका सबै स्थानहरुमा सफाई अभियान द्रुतगतिमा बढेको छ ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा हिसान खेल सप्ताह : कुन-कुन क्याम्पस भए विजयी ?
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ को समेत प्रचार
झापामा हुने धार्मिक अनुष्ठान सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिवद्धता

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल