Birat Post मंगलबार, मंसिर ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर ३० मंसिर ।
नेकपा नेतृत्वमा देखिएको दरार तल्लो स्तर सम्म देखा परेको छ । गुटगतरुपमा नेता तथा कार्यकर्ताहरु छरपष्ट भएका छन् । आफ्नो पक्षमा नेता तथा कार्यकर्ता रिझाउन जिल्लातहमा अनेकन भेला हुन थालेका छन् । यही शनिबार मोरङको सुन्दरहरैचामा ओली निकट समुहको भेला आयोजना गरेको थियो त्यसको लगत्तै नेकपाका प्रचण्ड र माधव नेपाल निकट युवा कार्यकर्ताहरुले मंगलबार विराटनगरमा अर्को भेला आयोजना गरेका छन् ।
राष्ट्रिय युवा संघले आयोजना गरेको भेलामा युवा संघका संयोजक तथा केन्द्रिय सदस्य राम प्रसाद सापकोटा(दीपशिखा),नेकपाका केन्द्रिय सदस्य महेश रेग्मी, शिव कुमार मण्डल, प्रदेश सभा सदस्य कुशल लिम्बु, महासचिव नरेश शाही लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै मुख्य अतिथी रहेका युवा संघका संयोजक तथा केन्द्रीय सदस्य दीपशिखाले नेकपा अभिभावक बिग्रिएको आरोप लगाए । जनताले अभिमत दिएर देशमा सुशासन कायम गर्न दिएको म्यान्डेट सरकारले पुरा गर्न नसकेको र ओलीको कारण नेकपा देशबाट सकिने बताए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य महेश रेग्मी, शिव कुमार मण्डल लगायतले नेताहरुले एक आपसको अस्तित्वलाई स्विकार गर्न नसक्दा पार्टीमा मतभेत देखिन थालेको बताएका थिए ।
पार्टी एकताको लागी दबाब भन्दै भेला आयोजना गरिएको भए पनि अधिकांश वक्ताहरुले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जनताले नै राजा चाहेको खण्डमा हामी के गर्न सक्छौँ : शेखर कोइराला
विराटनगरमा चैत ५ गतेदेखि हुन लागेको रासलीला के हो ? को-को सहभागी हुदैछन् ?
पाँचौ मिल्स गोल्डकप : प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल