अर्जुन खड्का बुधबार, पुष ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहवी १ पुष ।
सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको साप्ताहिक हाटबजारको आज संघीय कृषि तथा पशुपंक्षी मन्त्रालयका उप सचिव बद्री दाहाल र नगर प्रमुख बेद गच्छदारले सामुहिक अवलोकन तथा अनुगमन गरेका छन् ।  २० करोडको बहुवर्षे योजना अनुसार गत साल निर्माण सुरु गरिएको साप्ताहिक हाटबजार स्थल निर्माणाधिन रहेपनि १५ दिन अगाडि देखि सो स्थानमा हरेक मंगलबारको हटिया लाग्न थालिसकेको छ ।

अवलोकन को क्रममा विकास प्रेमि मेयर गच्छदार ले उपसचिव को स्थलगत अनुगमन गराइ, त्यहाँ रहेका निर्माण सम्पन्न हुन बाँकि भौतिक संरचना साथै हटिया क्षेत्रको बारेमा उप सचिव दाहाल जानकारि गराएका छन् । जानकारीको क्रममा गच्छदार ले स्थानिय श्रोत साधन बाट मात्रै हाटबजारको व्यवस्थित व्यवस्थापन गर्न कठिनाइ भैरहेको हुदा संघीय सरकार तथा कृषि पशुपंक्षी मन्त्रालय को तर्फबाट पनि व्यवस्थित हाटबजारको लागि केहि बजेट उपलब्ध गराइदिनको लागि पहल गरिदिन माग गरेका छन् ।

जवाफको क्रममा उपसचिव दाहालले आफुले अहिले सम्म अनुगमन गरेको साप्ताहिक हाटबजार स्थलहरु मध्येकै यो दुहवीको हाटबजार स्थल नमुना र व्यवस्थित रहेको साथै क्षेत्रफलको हिसाबले पनि निकै ठुलो एरिया देखिएको हुदा आफुले यस हाटबजारका लागि थप व्यवस्थित बनाउन सरकार तथा मन्त्रालयको तर्फबाट यो वर्ष केहि सहयोग र आगामी वर्ष अझै थप आवश्यक आर्थिक सहयोग उपलब्ध गराएरै छाड्ने वचनबद्दता प्रकट गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल