विराटनगर २ पुष ।
देशको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी तथा पश्चिम नेपालको तराई भू–भागमा हुस्सु लागेको छ । पहाडीभेगमा आंशिक बदली भएको छ भने हिमाली क्षेत्रमा हिउ परिरहेको छ । बुधबार दिउँसो बाट देशका केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।