काठमाडौँ ५ पुष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरे सँगै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले सामूहिक राजीनामा घोषणा गरेका छन् ।
चौतर्फी विरोधका बावजुद राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव अनुमोदन गरेकी थिइन् ।
आफु पक्षका नेताको निर्देशनपश्चात उनीहरुले पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषीमन्त्री घनश्याम भुसाल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।