काठमाडौँ ६ पुष ।
बैशाखमा हुने मिति तोकिएको मध्यावधि निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् ।
आइतबार संसद विघटन गरेपछि त्यसकै सम्बन्धमा सोमबार दिउँसो देशवासीलाइ सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्ने, लोकतन्त्र संकटमा पर्ने र मुलुक अस्थिरतातर्फ धकेलिने प्रचार र भ्रमहरु निराधार रहेको भन्दै तयारीमा जुट्न आह्वान गरेका हुन् ।