सुवास सापकोटा शनिबार, पुष ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ पुष ।
सडक आश्रित मानव रहित राष्ट्र निर्माणमा होमिएको मानव सेवा आश्रमले स्थानीय देखी संघीय सरकार समेतको सहयोगमा अभियानलाई निरन्तरता दिएको छ । प्रदेश नं १ मा रहेको एक मात्र विराटनगर महानगरले मानवसेवा आश्रमका लागि ठूलो धनराशी खर्चेको छ । उसले दुइवटा भवनको बार्षिकरुपमा तिर्नुपर्ने घरभाडा र अन्य सेवा समेत दिदै आएको छ । यसै गरि महानगरका मेयर भीम पराजुलीले विराटनगरका विभिन्न भागमा रहेका १ सय १२ जना सडक जीवन विताइरहेकाहरुको उद्दार गरेका छन् । केही महिना देखि यतिको संख्यामा सडक जीवन विताइरहेकाहरुको उद्दार गरिएको मेयर पराजुलीले जानकारी दिए ।

त्यस्तै १ नंं प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयले समेत आश्रमलाई सहयोग गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले समेत यो कार्यक्रमलाई सहयोग गरेका छन् । मेचीबाट शुरु भएको अभियान महाकालीमा पुगेर माघ ७ गते सम्पन्न हुने बताएको छ । कार्यक्रमवाट सडकमै रहेर कठिन जीवन यापनगर्नेहरु लाभान्वित भएका छन् ।

शनिवार विराटनगर महानगरले आश्रम संगको समन्वयमा विराटनगरमा एक बृहत कार्यक्रम समेत सम्पन्न गरेको छ । सडक मानवको उद्दार र पुर्नस्थापना अभियानमा लागेको मानव सेवा आश्रमले मेचीवाट बृहत कार्यक्रमको शुरुवात गरेको छ भने विराटनगर र झापा मोरङ र सुनसरीबाट दुई सय ५३ जना असाहयको उद्धार गरिएको जनाएको छ । झापाबाट ७६, सुनसरीबाट एक सय ११ र मोरङबाट ६६ जनाको उद्धार गरेको हो । यस मध्ये विराटनगरवाट मात्रै शनिवार ४५ जनाको उद्दार गरिएको थियो । उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् ।अभियान अन्तरगत ल्याइएका सवैको महानगरको मोवाइल स्वाव भेनवाट पीसीआर परिक्षणका लागि स्वाव संकलन समेत गरिएको छ ।

तस्वीरहरु /सुवास सापकोटा 

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल