Birat Post आइतबार, पुष १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ पुष ।
जोगबनी बोर्डर संग पहुच पुग्नेगरी विराटनगरमा नयाँ सडक बन्ने भएको छ । झण्डै ३० करोड लागतमा बन्ने सडकको आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शिलान्यास गरेका छन् ।

विराटनगरको हाइवे पश्चिमका वडा नं. ५,६,११ र १२ नम्बर हुदै सडक जोगबनी बोर्डरमा जोडिने छ । यसको कुल लम्वाइ साढे ९ किलोमिटरको रहने छ भने दुइलेनको बाटो ब्यवस्थितरुपमा बन्ने बताइएको छ ।बहु वर्षे कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय माेरङ्गकाे सहयोगमा उक्त बाटो वन्न लागेकाे हाे ।

वैकल्पिक मार्गका रुपमा यो बाटो बने संगै स्थानीय उखु किसान र स्थानीयहरु लाभान्वित हुने बताइएको छ । विराटनगरको हाइवे पश्चिममा सडक निर्माणका कार्यक्रमहरु नआएको र लामो समय देखी दुःख भोग्दै आएकाहरु खुसी भएका छन् ।

कार्यक्रममा बोल्दै कोइरालाले बैकल्पिक मार्गकारुपमा बन्न लागेको सडक चाडै सम्पन्न हुनेमा आशावादी रहेको बताए । विकासका लागि लोकतन्त्र आवश्यक रहेको भन्दै कोइरालाले देश विकासमा सवैको भुमिका आवश्यक पर्ने बताए ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की र विराटनगर महानगरका मेयर भीम पराजुली लगायतले बाटो समयमै सम्पन्न गर्ने कुरामा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल