कौशल निरौला सोमबार, पुष १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ १३ पुष ।
चुनावको आधार सुनिश्चितता नभएसम्म नेपाली कांग्रेस सडक संघर्षमै रहने कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको आह्वानमा भएको देश व्यापी बिरोध कार्यक्रम अन्तरगत सोमवार मोरङका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी केन्द्रीय सदस्यहरुले यस्तो बताएका हुन् ।

नेपाली काग्रेस मोरङ क्षेत्र नं. ६ ले आयोजना गरेको विरोध सभामा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सडक संघर्षबाटै निकास खोजिने बताएका छन् । उनले यदी सर्वोच्च अदालतले चुनावको मिति तोके पनि सुनिश्चित नभएसम्म काग्रेसले सडकबाटै खवरदारी गरिरहने बताए ।
संविधानको मर्म बिपरित प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानलाई घाइते बनाइएको कोइरालाको आरोप थियो ।

यस्तै नेपाली काग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको भन्दै सचेत नागरिकहरुले बिरोध गर्नुपर्ने बताइन् । राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सरकारका हरेक कामहरु अलोकतान्त्रीक र गलत नजिर बसाउने खालका रहेको बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधानको रक्षाका लागि जुट्न आग्रह गरे । कार्यक्रम क्षेत्र नं ६ का सभापति निरन्जन रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री ओलीले संबैधानिक अपराध गरेको बताएका छन् । क्षेत्र नं ४ स्थित झोराहाटमा भएको कार्यक्रममा बोल्दै आचार्यले संविधानको मर्म बिपरित काम गरेर असाधारण परिस्थिती सिर्जना गरेको बताए ।

कार्यक्रममा युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुली, महासमिति सदय दीलिप गच्छदार,इन्दिरा कार्की,विश्वनाथ रिजाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्र नं ४ का क्षेत्रीय सभापति बिनोद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसै गरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अयालले सरकारको अलोकतान्त्रीक गतिविधिवाट संविधानको कुठाराघात भएको बताएका छन् । नेपाली जनताले लोकतन्त्र प्राप्तिका लागि गरेको लामो संघर्ष र बलिदानी खेर गएको बताए । नेकपाको दम्भ र आन्तरिक खिचातानीले देश अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,क्षेत्र नं ५ का सभापति दिलिप पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आन्तरिक खिचातानीमा संसद विघटन गरे संगै नेपाली कांग्रेसले सो कदमको बिरोधमा देशब्यापी प्रदर्शन गर्दै आएको छ ।

केही तस्वीरहरु :

 

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल