सुवास सापकोटा मंगलबार, पुष १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ पुष ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सेना र अदालत सत्ता केन्द्रीत भएको आरोप लगाएका छन् ।

विराटनगर स्थित पाञ्चालीमा कांग्रेस कार्यकर्ताहरु सँग बोल्दै उनले यस्तो बताएका हुन् । सरकारका निर्णयहरु गलत मनसायका साथ आएकाले कांग्रेसले समर्थन गर्न नसक्ने बताए । सेना र अदालत समेत सत्ता केन्द्रीत हुँदा आशंका उत्पन्न भएको नेता रिजालको भनाइ थियो ।

केपी ओलीको सरकारले बैशाखमा कुनै हालतमा चुनाव गराउन नसक्ने भन्दै रिजालले सरकारबाट जनताको आखामा छारो हाल्ने काम मात्रै भएको बताए । सरकारको समर्थनमा कांग्रेस नरहेको र संविधानको मर्म विपरीतका सबै कार्यको कांग्रेसले डटेर विरोध गर्ने बताए । यस्तै कोभिड नियन्त्रणमा सरकार असफल भएको, भष्ट्राचार मौलाएको र हैकमवादी चिन्तनको सुरुवात भएको भन्दै रिजालले यसका विरुद्ध सडक आन्दोलन र दवाबका कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका मोरङ जिल्ला सचिव नागेश कोइराला, विराटनगर महानगरका मेयर तथा युवा नेता भीम पराजुली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल