Birat Post मंगलबार, पुष १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १४ पुष ।
सीमवर्ती क्षेत्र रानीका दुई स्थानमा हेल्थडेक्स ब्यवस्थित बनाइने भएको छ । भारतको जोगवनीबाट विराटनगर आउनेहरुका लागि रानीमा हेल्थडेक्स राखी विराटनगर महानगरले सेवा प्रवाह गर्दै आएको थियो । विद्यमान कोरोना संक्रमणका कारण सीमा वारपार गर्नेहरुको प्राथमिक परिक्षण र नीगरानी गर्ने काम हेल्थडेक्सवाट भइरहेको थियो ।

एकिकृत भन्सार जाच चौकीमा भने स्थाइ हेल्थ डेक्स छैन । यसका लागि विराटनगर महानगरले बिश्व स्वास्थ्य संगठन संग समन्वय गरेर हेल्थ डेक्स स्थापना गर्दै छ । मंगलवार विराटनगर महानगरका मेयर भीम पराजुली र विश्व स्वास्थ्य संगठका प्रतिनिधि सहितको टोलीले उक्त स्थानहरुको स्थलगत अनुगमन गरेका छन् । जोगवनी रानी सीमामा भने विश्व स्वास्थ्य संगठनले बस्न मिल्ने २ वटा आधार शिविर समेत बनाइदिएको छ ।यस्तै विश्व स्वास्थ संगठनले सीमावर्ती क्षेत्रका लागी आवस्यक पर्ने स्वास्थ्य उपकरण समेत प्रदान गरेको छ ।

महानगरले ३ जना स्वास्थ्यकर्मीहरू आलोपालो सिस्टममा विहान देखि वेलुका सम्म सेवा प्रवाह गर्नेगरी खटाइएको छ । भारत वाट आउनेहरूको शरिरको तापक्रम स्क्रिनिङ् गर्ने ,स्वास्थ्य परामर्श दिने र संक्रमित व्यक्ति भेटिए समन्वय गरि सेवा प्रवाह गर्ने काममा स्वास्थ्यकर्मीहरु खटिएका छन् । एकीकृत भन्सार जाँच चा‌ैकी क्षेत्रमा समेत महानगरले हेल्थ डेक्स स्थापना गर्ने भएको छ । यसमा समेत विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने जनाएको छ । उक्त अनुगमनमा विश्व स्वास्थ्य संगठन प्रदेश १ का प्रमुख हरिकृष्ण भट्टराई , विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल ,विश्व स्वास्थ्य संगठनका प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसन्चालन केन्द्रका डा. रबिन्द्र प्रसाद कर्ण लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल