विराटनगर १६ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ जना प्रदेशसभा सांसदलाई अनुशासनको कारबाही गरेका छन् । उनले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
गएको आइतबार संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका १९ जना प्रदेश सदस्यहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो जसमध्ये १५ जनालाई निलम्बन गरिएको हो। स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले मौखिक जवाफ दिएका कारण कारबाही नगरिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।