अर्जुन खड्का शनिबार, पुष १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहवी १८ पुष ।
आँखा शरिरको महत्वपूर्ण अङ्ग हो । स–साना गल्ती कमीकमजोरीका साथै आर्थिक अभावका कारण पनि हजारौ नागरिकहरुले आँखाको ज्योति गुमाउन पुगेका छन् । संसार हेर्ने र खराब असल छुट्याउने आँखा नै नभएपछिको अन्धकारमय जिवन व्यतीत गर्न कति कठिन हुन्छ भन्ने कुरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।  यस्ता समस्याहरुको बारेमा आफुले नजिकबाट बुझेर ति समस्याहरुलाइ कसरि समाधान गर्न सकिएला भन्ने अन्तर्निहित भावनाहरु संग घुममिल गर्ने सपुत कमै हुन्छन् ।

दुहवी नगरपालिका को प्रमुख मा निर्वाचित भएसगै ग्रामिण भेगका गरिब ,असहाय,निमुखा, विपन्न साथै अशिक्षित समुदायको मर्म बुझ्दै स–साना देखि ठुला समस्याको सारथि बनेका युवा तथा उर्जाशिल मेयर बेद गच्छदार को अनुकरणिय कार्यले दुहवी नगरपालिकाले तिव्र रुपमा विकास र परिवर्तनको फड्को मार्दैछ ।

पैसा नभएकै कारणले नगरवासीहरु कोहि पनि दृष्टिविहीन भएर बस्ने अवस्था आउन नदिने भन्दै आफ्नो कार्यकाल भरि आँखा सम्बन्धी रोगले ग्रसित जुन सुकै उमेर,वर्ग समुदाय लाइ निःशुल्क उपचार गरिदिने वचनबद्धता गच्छदारले गरेका छन् । सोहि सिद्धान्त अनुरुप मेयर गच्छदारको “जनतासँग नगरप्रमुख” कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष ७६र७७ मा ३३३ जनाले सेवा प्राप्त गरिसकेका छन् ।

उक्त कार्यक्रम अन्तर्गत मोतिया बिन्दु,जलबिन्दु, र क्यास्ट्रक्ट ( आखामा मासु पलाएको) रोगहरु भएका १२ ओटै वडाका रोगीहरुले निःशुल्क उपचार पाइसकेका छन् । मोतिया बिन्दु लागेका ३०२ जना,जलबिन्दु लागेका ३ जना र क्यास्ट्राक्ट का २८ जना बिरामीको निःशुल्क उपचार भएको थियो । साधरणतया जलबिन्दु रोगको उपचार गर्न प्रतिव्यक्ति १४,५६० रुपैँया खर्च लाग्ने गर्दछ भने मोतिया बिन्दुको ३,१५० र क्यास्ट्राक्ट को शल्यक्रिया गर्न रु ३,६८० लाग्ने गर्दछ ।

जनप्रिय मेयर गच्छदारले “जनतासँग नगर प्रमुख” कार्यक्रम मार्फत विपन्न,दलित तथा अन्य वर्ग समुदाय समेतलाइ आफ्नो कार्यकाल भरि यस्ता खाले रोगकै कारण वा आर्थिक अभाव कै कारण दृष्टिविहीनको सिकार हुनु पर्ने बाध्यता बाट सधैको लागि मुक्ति दिलाउने बताएका छन् । अझै पनि यस्ता खालका बिरामीहरु नगर भित्र देखिए वा भेटिए सिधै नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरि निःशुल्क सेवा लिन समेत आग्रह गरेका छन् ।

आफ्नो स्वास्थ्यको पर्वाह नगरि दिन वा रात नभनी जनताको स–साना देखि ठुला सम्मका समस्यामा आफुलाइ समाहित गराइ जनताकै सेवक बन्न रुचाउने मेयर गच्छदार ले दुहवी कार्यक्षेत्र बनाएर विकास र समृद्धि को ढोका खोलेका छन् । हरेक मान्छेको भावना हुन्छ,रहर अनि चाहाना हुन्छ तर समाजमा विद्यमान समस्याको जड पत्ता लगाइ दिल र दिमागले काम गर्ने इच्छा शक्ति धेरै कम सँग हुन्छ । त्यो इच्छा शक्ति बोकेका युवा नेतृत्व पाउनु दुहवी र नगरवासीको अहोभाग्य रहेको स्थानिय नागरिक,वृद्धवृद्धा देखि बालबालिका ,बुद्दिजिवी सबैले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग
मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल