लोकेश पोख्रेल सोमबार, पुष २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० पुष ।
विराटनगर महानगर क्षेत्रमा पनि कृषिका लागि योग्य जमिन छ होला र भन्ने प्रश्न यदाकदा सुन्न सकिन्छ । कतिलाई विराटनगर बस्ति नै बस्तिको शहर हो भन्ने लाग्दछ । यद्यपी विराटनगरका केही वडाहरु कृषिका लागि उर्वर स्थलमा गनिन्छन् ।

विराटनगर १९ मा रहेको खापटोलमा स्थानिय कृषकहरुको समुहले २२ विगाह क्षेत्रफलमा गहुँ खेती गरेका छन् । विराटनगर महानगरको गहुँपकेट कार्यक्रम अन्तरगत बरियाली कृषक समुहले खेती गरेका हुन् । समुहमा २५ जना किसानहरु रहेका छन् । विजय जातको गहुँ कृषकहरुले लगाएका छन् । खेतीका लागि विराटनगर महानगरको कृषि शाखाले बिउविजन प्रदान गरेको थियो ।

यसका अलावा कृषकहरुलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ । सोमवार कृषकहरुले लगाएको गहुँ खेतीको अनुगमन समेत गरिएको छ । महानगरका मेयर भीम पराजुली, कृषि विज्ञ र कर्मचारी सहितको टोलीले स्थलगत निरिक्षण गरेको हो ।

कृषकहरुका आवश्यकता र स्रोत साधनको व्यवस्थापन समेतका विषयमा मेयर पराजुलीले जानकारी लिएका थिए । सोही अवसरमा कृषकहरुद्धारा आयोजित छलफलमा समेत मेयर पराजुली सहभागी भएका थिए । कृषकहरुले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरे बमोजिम महानगरले १० लाख दिने भएको छ ।

यसमा कृषकहरुले समेत १० लाख थप गरी २० लाखको लागतमा कृषि औजार खरिद गर्ने भएका छन् । विराटनगरको १८ र १९ नम्बर वडामा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रीत गरेको छ भने कृषकहरुका लागि विभिन्न सेवा दिदै आएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल