Birat Post शनिबार, पुष २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ पुस ।

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) कोशहरि निरौलालाइ खानिभन्ज्याङ्ग निरौला समाजले सम्मान तथा स्वागत गरेको छ । शनिवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी निरौलाको सम्मान गरिएको हो ।

कुलबंशमा उच्चपदमा पुग्नेहरुलाई समाजले सम्मान तथा स्वागत गर्ने गरेको छ । समाजका अध्यक्ष लेखनाथ निरौलाले माला तथा खादा ओढाएर निरौलालाई सम्मान गरेका थिए । अध्यक्ष निरौलाले परिवारका सदस्यहरु उच्च ओहदामा पुग्दा या सामाजिकरुपमा उत्कृष्ट काम गर्दा हौसला प्रदान गर्नुपर्ने बताए ।

यसै गरी प्रमुख जिल्ला अधिकारी निरौलाले राम्रो काम गर्ने आशिर्वाद दिन र निरौलाहरुको शिर उच्च बनाउने काममा आफु लाग्ने बताए । उनले देशको सेवा गर्ने अवसर प्राप्त भएको र यसको दुरुपयोग आफुले कहिल्यै नगर्ने बताए । सम्मान तथा स्वागत कार्यक्रममा ओखलढुंगा साविक थातथलो भइ बसाइँसराइका क्रममा विराटनगर लगायत विभिन्न स्थानमा रहेका निरौलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

निरौलाको पुर्खौली थलो ओखलढुंगा हो । सानैदेखि लगनशिल र सामाजिक सुधारका पक्षपोषक निरौला विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीकारुपमा जिम्मेबारी सम्हालीसकेका छन् । यस भन्दा अगाडी अगाडी धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । गत साउन १८ गते सरुवा भइ आएका निरौलाले मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी सम्हालिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल