गोरखा २७ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले गोरखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको बिरोध गर्न भन्दा ताजा जनादेशमा जाने अवसरको सदुपयोग गर्नुपर्ने बताए । प्रतिनिधिसभा विघटनको विषय समेत सर्वोच्चमा विचाराधिन रहेकाले यस विषयमा टिकाटिप्पणी गर्न जरुरी नरहेको बताए । यस्तैथापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकार संग अपिल गरेका छन् ।