Birat Post बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ माघ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समुहलाई लक्षित गर्दै लामखुट्टे र साङ्लाकाे सज्ञा दिएका छन् । साङ्ला र लामखुट्टेलाई बेगन स्प्रे गर्दा कोठाबाट अतालिदै निस्किन्छन् । बस्नेतले भने “डराएर निस्कने समुहवाट डराउन पर्दैन ।,,

पार्टीभित्र समस्या सिर्जना गर्नेहरु विस्तारै बाहिर निस्कने र समस्या हल हुने बताए । अध्यक्ष ओलीको कदमले पार्टीको सिद्धान्त,बाम विचारलाई जीवन्त राख्न मद्वत गर्ने बताए ।                                                                                         यस्तै बस्नेतले केन्द्र र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् । प्रदेश सरकारको अधिकार भने कटौती गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । बिहिबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले प्रदेश सरकारका अधिकार कटौती गरेर स्थानीय र केन्द्रीय सरकारलाइ  थप मजबुत बनाउनु पर्ने बताए ।

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको अधिकार दिनुपर्नेमा जोड दिए । बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमनत्रीको व्यवस्थामा जानुपर्ने बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाँदा दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने बताए ।

के.पी.ओली नै आधिकारीक नेकपा भएको भन्दै टुटेर फुटेर जानेको  अस्तित्व आफै समाप्त भएर जाने दाबी गरे । यस्तै उनले साइबर सेना बनाउने अभियानमा लागेको बताउँदै सुचना प्रविधिलाई सही मार्गमा ल्याउने बताए ।

 

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल