काठमान्डौ ३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भयो भने आफुहरुको हालत के हुन्छ भन्ने कुरा प्रचण्ड र नेपाललाई थाहाँ भएको भन्दै ब्यङ्ग गरेका छन् । प्रचण्डले आफ्ना कार्यकर्तालाई समेत जालझेल गरेर अहिले सम्म टिकेको आरोप लगाए ।
समकालिन नेताहरु समेत आफ्नो साथमा राख्न नसक्ने प्रचण्डले जहाँ गए पनि भाडभैलो मात्र गर्न जानेको आरोप लगाए । बाबुराम भट्टराइ,मोहन बैद्य,विप्लब लगायतका नेताहरुलाई दुखः दिएर हटाउने प्रचण्डले आफुलाई समेत गलतनजर हेर्न थाले पछि यो परिस्थिती सिर्जना भएको बताए । यतिवेला बाबुराम पनि साथमा छैनन् ,प्रचण्डका गुरु मोहन बैद्यको स्थिती त्यस्तो छ ,विप्लब जंगलतीर छिरेका छन् ।
कुनै तालिमवाट प्रचण्ड नसुध्रने भन्दै प्रधानमन्त्री ओलीले आफुले तवला बजाउदा धामी नाचेझै नाचेका कारण समस्या सिर्जना भएको बताए । प्रदेश १ को आफू पक्षीय नेकपाका कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीको खाडलवाट जोगाउने बताए । म हाम्रा देशका हरेक बालबालिका, किशोर, युवा, बाआमा, मजदूर – किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु र देशमा एकपटक नयाँ क्रान्ति हुने छ ।