विराटनगर ५ माघ ।
देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्ने र दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोले निरन्तरता पाउने छ ।
यद्यपि गएका दिनहरुभन्दा तराइमा तापक्रम भने सन्तोषजनक देखिएको छ । यस्तै देशका पहाडी भूभागमा सोमबारको मौसम पनि आंशिक बदली रहने भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा मौसम सफा भए पनि हिउ पर्नेक्रम जारीनै छ ।
सोमबार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन्। देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।