Birat Post मंगलबार, माघ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ माघ ।

प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलि बुधवार देखि सुरु हुँदै छ । अधिवेशन शुरु हुदै गर्दा प्रमुख विपक्षी दल नेपाली कांग्रेस आन्तरिक गृहकार्यमा जुटे पनि निष्कर्षमा पुग्न सकेको छैन ।

अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । जसका लागि कांगेसले के गर्ने र अधिबेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ ।

मंगलवार बसेको बैठक निष्कर्षमा नपुगेपछी बुधबार विहान पुनः बैठक वसी आवश्यक निर्णय सहित प्रस्तुत हुने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए । पार्टीका केन्द्रीय नेताहरुको स्पष्ट निर्देशन पर्खेर बसेका कारण निर्णयार्थ विलम्ब भएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल